दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार पनि दोहोरो अंकले बढेको छ ।

आइतबार १०.३७ अंकले बढेको सेयर बजार नेप्से आज १०.२६ अंकले बढेर २१०४.७२ अंकमा कायम भएको छ । बैंकिङ, लघुवित्त र निर्जीवन बीमा बाहेकका समूहको सेयर सामान्य बढेको छ ।

आज एक सय ५० कम्पनीको सेयर मूल्य बढेकोमा ८६ कम्पनीको ओरालो लागेको छ । ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
युनियन हाइड्रो र अरुण भ्याली हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गरिमा डिभेन्चरको सेयर १० प्रतिशतले घटेको छ ।
एक करोड २३ लाख २२ हजार कित्ता सेयर चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्सको ६० करोड रुपैयाँको सेयर किनबेच भएको छ । उक्त कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६ सय ७० रुपैयाँ रह्यो ।

यस्तै ज्ञादी ग्रुप अफ पावरको २३ करोड ८३ लाखको सेयर किनबेच भएको छ भने तेस्रो स्थानमा रहेको हाथवे इन्भेस्टमेन्टको १२ करोड ८७ लाखको किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्