विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा निःशुल्क शौन्दर्यकला तालिम दिँदै आइरहको छ ।
पूर्व प्रहरी, बाहालवाला प्रहरी र अमर अशक्तका श्रीमती र छोरीहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले निः शुल्क शौन्दर्यकला तालिम दिँदै आएको हो ।
‘प्राविधिक शिक्षा आजको आवश्यकता’ को मूला नारासहित कोशी प्रहरी कल्याण कोषको सहयोगमा पौष ८ गतेदेखि तालिम सञ्चालन भएको हो । ६५ दिनसम्म हुने तालिम भुमिका शिपमुलक तालिम केन्द्र दमकले सहजीकरण गर्दै आइरहेको छ । अहिले दिइरहेको तालिम ‘एसिस्टेन लेभल’ व्युटीसियन तालिम लेभल वान रहेको भुमिका शिपमुलक तालिमक केन्द्रबाट प्रशिक्षण दिन आएका सुशील स्वेक्षाले जानकारी दिए ।
‘शुन्यबाट सफल व्युटीसियन उत्पादन गर्न तालिम गराएका छौँ, हामीले अन्तराष्ट्रियस्तरको कोर्ष समेत समावेश गरेर अगाडी बढेका छौँ,’प्रशिक्षक स्वेक्षाले भने,‘अहिले ३५ जना हुनुहन्छ तालिम लिने, सबै युवाहरु हनुहुन्छ ।’