एनसेलको सेयर खरिद बिक्री छानबिन समितिले बुझायो प्रतिवेदन

<span class='c1'>एनसेलको सेयर खरिद बिक्री</span> <span class='c2'>छानबिन समितिले बुझायो प्रतिवेदन</span>

काठमाडौं । आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

डेढ महिना लगाएर तयार पारेको प्रतिवेदन समितिले सोमबार प्रधानमन्त्री दाहाललाई बुझाएको हो ।

गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । मलेसियन टेलिकम कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर नेपाली मूलका बेलायती नागरिक सतीशलाल आचार्यको नाममा दर्ता रहेको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको थियो ।

खरिद बिक्रीमा अनियमितता भएको भन्दै अनुसन्धान गर्न सरकारमाथि चौतर्फी दबाब आएको थियो । खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्