मोरङ र झापाबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

मोरङ र झापाबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर । मोरङ र झापाको तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर-१५ बाट १९.३३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको तथा घटनामा संग्लग्न रहेकी बिराटनगर-१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङकै पथरी शनिश्चरे नगरपालिका-४ बाट स्थानीय ३३ बर्षीय चित्र कुमार रपाल(बि.क.) लाई २५ ग्राम लागुऔषध ब्राउनसुगर, बिभिन्न कम्पनीको -५ थान मोबाइल र डिजिटल तराजु -१ थान सहित ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट बुद्धशान्ति गाउँपालिका-५ का २२ बर्षीय स्मार्ट थेवेलाई एक ग्राम लागुऔषध खैरो हेरोईन सहित मंगलबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्