तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका ६ निरौला गाँउ बस्ने ५३ बर्षीय डिल्ली प्रसाद निरौलाको रुखले किचेर मृत्यु भएको छ ।
आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा लागि गम्भिर घाईते भएका निरौलाको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मंगलबार साढे २ बजे मृत्यु भएको थियो।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
फोटो : फाइल