विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता बुधबारदेखि विराटनगरमा शुरु भएको छ ।
विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एलाइट क्लब र पथरी शनिश्चरे क्रिकेट क्लव विजयी भएको छ ।
पहिलो खेलमा एलाइट क्लब विराटनगरले वन टु हेल्थ सोसाइटी रंगेलीलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३१ रन बनाएको थियो । जस्मा रिसी महेश्वरीले ४१ रन बनाउँदा नवनित कणर्ले २१ रन बनाए । रंगेलीको अक्बर आलमले २ विकेट लिए । १ सय ३२ रनबो विजयी लक्ष्य पछ्याएको रंगेलीले १८ दशमल ४ बलमा सवै विकेट गुमाई १ सय ११ रन बनायो । जस्मा अमन शेखले ६५ रनबो योगदान दिए । विराटनगरका म्यान अफ द म्याच नवनित कणर्ले ३ विकेट तथा श्रवण कामत र रुद्र साहले २-२ विकेट लिए ।
दोस्रो खेलमा पथरी शनिश्चरे क्रिकेट क्बलले डाइनामिक क्रिकेड एकाडेमी विराटनगरलाई ९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पथरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच एन्जल राईले सर्वाधिक ४२ रन बनाए । विराटनगरका विवेक झाले ३ विकेट लिँदा शशिशेखर झाले पनि ३ विकेट लिए । १ सय १ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाई ९१ रन बनायो । जसमा रोशन कामतले सर्वाधिक २३ रनको योगदान दिए । पथरीका सागर कटुवाल, निल्सन डंगोल र रोशन गजरातले २-२ विकेट लिए ।
माघ २४ गतेसम्म हुने प्रतियोगिता मोरङका १६ वटा वि डिभिजन क्लबहरु सहभागि रहेको जिल्ला अध्यक्ष महमद बाबुले जानकारी दिए ।