संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा न्यूनतम सेवा मापदण्डमा ८३ अंक प्राप्त गरेको छ ।
न्यूनतम सेवा मापदण्ड मापनमा ८३ प्रतिशत अंक प्राप्त गरेको हो । जिल्ला अस्पतालले दिने सेवा सुविधामा वृद्धि गर्ने र न्यूनतम सेवा गुणस्तरीय रूपमा दिने उद्देश्यले अस्पतालकाृ क्षमता मूल्यांकन गर्न गरिएको हो । अस्पताल न्यूनतम सेवा मापदण्ड मापनमा जिल्ला अस्पताल संखुवासभा ८३ अङ्क प्राप्त गरेको छ ।
अस्पताहरूले दिएको सेवा न्यूनतम मापदण्डभित्र हुन कम्तीमा पनि दुई सय ८० नम्बर चाहिन्छ । स्वास्थ्य निर्देशनालय कोशी प्रदेशको टोलीले न्यूनतम सेवा मापदण्डको अनुगमन र मूल्याङकन पश्चात जिल्ला अस्पताल संखुवासभाले ८३ अंक प्राप्त गरेको जिल्ला अस्पतालका निमित्त प्रमुख प्रनाम जयरुले जानकारी दिए । न्यूनतम सेवा मापदण्डमा उपचार सेवा सुविधा, फोहोरमैला र विपद् व्यवस्थापन लगायतको मापन गरिन्छ ।
जनशक्ति, आर्थिक व्यवस्थापन, औजार उपकरणको उपलब्धता र प्रयोग, मानव संसाधन व्यवस्थापन राम्रो भएकै कारण दुई अंक बृद्धि गरको अस्पतालका निमित्त प्रमुख जयरुले बताए । अघिल्लो बर्ष ८१ अंक प्राप्त गरेको थियो । यस अघि सेवा मापदण्डमा जिल्ला अस्पताल संखुवासभा कोशी प्रदेशकै पहिलो बनेको थियो । जिल्ला अस्पतालबाट सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्रीरोग तथा प्रसूति, बाल तथा शिशु सेवा दिनुपर्ने छ । न्यूनतम सेवा मापदण्डको लेखाजोखा र प्रस्तुतिकरण कार्यक्रममा बोल्नु हुदैँ जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेण्डन्ट ज्ञानेन्द्र कुमार झाले विभिन्न ४ वटा सुझाव दिए । उनले अपाङ्गमैत्री अस्पताललाई आवश्यक भएको बताए ।
आकस्मिक सेवा व्यवस्थापन,ग्रीन गाडेन बनाउन पर्ने,जनशक्ति व्यवस्थापन आवश्यकता पर्ने मेडिकल सुपरिटेण्डन्ट झाले बताए । जिल्ला अस्पताल कम्तीमा मेडिकल जेनरलिस्ट वा मेडिकल अधिकृतको नेतृत्वमा रहनेछ । अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा,बालरोग,सामान्य शल्यक्रिया,फिजियोथेरापि लगायतका सेवा संचालनमा छ । ५० बेड क्षमताको सङ्खुवासभा अस्पताल समयमा भवन निर्माण सम्पन्न नहुदाँ २०३३ सालमा स्थापना भएको ३७ बेड क्षमताको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ ।
जिल्ला अस्पतालमा संखुवासभाका १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् । अस्पतालको मापदण्ड मापनका लागि जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेण्डन्ट डाक्टर ज्ञानेन्द्र कुमार झा, कटारी अस्पतालका डाक्टर गौरव शाह, अस्पताल व्यवस्थापन अधिकृत जिल्ला अस्पताल इलामका क्षितिज खतिवडा,स्वास्थ्य निर्देशनालय धनकुटाका सृजत दाहाल र जनस्वास्थ्य निरिक्षक तारा सुवेदीसहितको विज्ञ टोलीले अनुगमन गरेको थियो ।