एक्सेल डेभलपमेन्ट बैंक झोराहाट शाखाको वित्तीय साक्षरता तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

<span class='c1'>एक्सेल डेभलपमेन्ट बैंक झोराहाट शाखाको वित्तीय</span> <span class='c2'>साक्षरता तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न</span>

विराटनगर । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड झोराहाट शाखाको वित्तीय साक्षरता तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

सवारी चालकहरुलाई ट्राफिक प्रहरीको सहयोगमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना मुलक तालिम तथा बैंकको तर्फबाट वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो।

दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न विराटनगर विराटचौक सडक अन्तर्गत झोराहाट बजार आसपास ट्राफिक सचेतनाका लागि उपयोगी हुने सांकेतिक एवं सन्देश मुलक ट्राफिक पोल ६ थान ट्राफिक प्रहरी पोष्ट हरैंचालाई हस्तान्तरण गर्नुका साथै १० थान सवारी ज्याकेट सवारी चालकहरुलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा ग्रामथान गाउपालिका वडा नम्बर २ को वडाअध्यक्ष यादव प्रसाद खतिवडा, प्रहरी चौकी झोराहाटका प्रहरी सहायक निरीक्षक कपलेश्वर स्वर्णकार, ट्राफिक प्रहरी पोष्ट हरैंचाका प्रहरी सहायक हवल्दार प्रेम कुमार भट्टराईको, बैंकका झोराहाट शाखाका प्रबन्धक कृश्चल ढकालको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्