विराटनगरको किड्स भिलेज स्कुलमा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरको किड्स भिलेज स्कुलमा वार्षिक</span> <span class='c2'>पुरस्कार वितरण कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगर-५ स्थित किड्स भिलेज स्कुलमा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

नृत्य, गायन, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गर्दै वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो।

यस्ता कार्यक्रमहरूले विद्यार्थीहरु एकआपस बीचमा प्रतिस्पर्धाको भावना अभिवृद्धि गरी भविष्यमा उनीहरूलाई प्रतिष्पर्धी हुन सिकाउने स्कुलका म्यानेजिङ डाइरेक्टर पंकज जैनले बताए।

स्कुलका प्रत्येक विद्यार्थीले कुनै नकुनै विधाबाट उत्कृष्ट भएका हुदा मेडल, ट्रफी तथा प्रमाणपत्रको पुरस्कृत गरिएको स्कुलले जनाएको छ।

पढाई संगसंगै शारीरिक तथा मानसिक विकासको लागि यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई उत्प्रेरित गरी पुन:पढाईमा केन्द्रित हुन सहयोग पुर्‍याउने स्कुलकी संचालिका निरु पौडेलले बताईन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्