आईसीसी यू–१९ विश्वकप : नेपालले भारतसँग खेल्दै

आईसीसी यू–१९ विश्वकप : नेपालले भारतसँग खेल्दै

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउँसो १-४५ बजे हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ ।

सुपर सिक्समा यसअघि नेपालले बंगलादेशसँग खेलेको थियो । जसमा नेपाल ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ । तर नेपालको भने यो प्रतियोगिताको अन्तिम खेल हो । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।
यसअघि विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएका छन् । दुबै खेलमा नेपालले हारेको छ । नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो ।

आजको खेलबाट नेपाल आफ्नो इतिहासमा नयाँ रेकर्ड बनाउने दाउमा रहनेछ । तर त्यो त्यति सहज भने देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्