इटहरीमा घरको गेटले किचिएर बालकको मृत्यु

<span class='c1'>इटहरीमा घरको गेटले</span> <span class='c2'>किचिएर बालकको मृत्यु</span>

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा गेटले किचिएर एकजना बालकको मृत्यु भएको छ ।

स्थानीय एक घरमा कोठा भाडामा बस्दै आएका अखिम बराइलीका चार वर्षीय छोरा अनिषको बिहीबार साँझ घरको गेटले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको गेटनजिक खेल्दै गरेका उनलाई एक्कासि गेट लडेर किचेको थियो । सिकिस्त घाइते उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्