मृत भनिएकी भारतीय अभिनेत्री पुनम पाण्डे जिउँदै

<span class='c1'>मृत भनिएकी भारतीय अभिनेत्री</span> <span class='c2'>पुनम पाण्डे जिउँदै</span>

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री पुनम पाण्डेको निधनको शुक्रबार एकाएक खबर सार्वजनिक भएको थियो ।

पाण्डेकै अफिसियल इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको पोष्टमार्फत उनको पाठेघरको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको दाबी गरिएको थियो । उनको आफ्नै इन्स्टाग्राममार्फत पुनमका म्यानेजरले मृत्युको खबर पोस्ट गरेको खबर बाहिरिएको छ । तर, अभिनेत्री पुनम पाण्डेको निधन नभएको उनी आफैले शनिबार जानकारी दिएकी छिन् ।

उनले आफैंले शनिबार इन्स्टाग्राममा भिडियो सेयर गर्दै आफू जीवित रहेको जानकारी दिएकी हुन् । आफ्नो मृत्युको नक्कल गर्ने अभिनेत्रीले आफूलाई क्यान्सर पनि नभएको तर पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना फैलाउन यो सबै गरेको खुलासा गरेकी छन् । मृत्युको खबर झुटो सावित भएपछि अहिले फेरि उनले चर्को आलोचनाको सामना गर्नुपरेको छ । यो भद्दा मजाकको लागि प्रयोगकर्ता र स्टारहरूले उनको आलोचना गरिरहेका छन् ।

पाण्डेले इन्स्टाग्राममा भिडियो सेयर गर्दै भनेकी छिन्,‘म तपाईहरू सबैसँग एउटा महत्त्वपूर्ण कुरा साझा गर्न बाध्य छु । म यहाँ छु, जीवित छु । पाठेघरको मुखको क्यान्सरले मलाई लगेन, तर दुःखको कुरा रोगसँग कसरी लड्ने भन्ने ज्ञानको अभावमा यसले जन्मेका हजारौं महिलाको ज्यान लिएको छ । केही अन्य क्यान्सरहरू भन्दा फरक भएकाले पाठेघरको क्यान्सर पूर्ण रूपमा रोक्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्