तेह्रथुमलाई कृष्णप्रसाद भट्टराई स्मृति फुटबलको उपाधि

<span class='c1'>तेह्रथुमलाई कृष्णप्रसाद भट्टराई</span> <span class='c2'>स्मृति फुटबलको उपाधि</span>

विराटनगर । सुनसरीको इटहरीमा सञ्चालन भइरहेको कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिटिएफसी फुटबल क्लब तेह्रथुमले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा सिधुवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधिमा कब्जा जमाएको हो ।

बिटिएफसीका लागि खेलको २२औँ मिनेटमा ज्ञानेन्द्र भण्डारीले हेडिङमार्फत १ गोल गरेका थिए ।

बिटिएफसीका लागि दोस्रो हाफको ११औँ मिनेटमा र ३३ औँ मिनेटमा शिशिर लेखीले २ गोल गरे । यस्तै, दोस्रो हाफको ३४ औँ मिनेटमा प्रदीप बुढाथोकीले १ गोल गरे ।

सिधुवाका लागि दोस्रो हाफको ३ मिनेटमा पेनाल्टीमार्फत भुवन बस्नेतले १ गोल गरे ।

द योङ्ग ब्रदर्श क्लब इटहरीको आयोजनामा माघ १३ गते सुरु भएको प्रतियोगिताको विजेता टिमले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी हात पारे ।

उपविजेता हुने सिधँवाले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्