पुलिस क्लब बन्यो राष्ट्रिय करातेको टिम च्याम्पियन

पुलिस क्लब बन्यो राष्ट्रिय करातेको टिम च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।

सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो । पुलिसले समान ३ रजत र ३ कास्य पदक पनि जित्यो ।

प्रतियोगितामा महिलातर्फ रमिता माझी र पुरुषतर्फ सुदूरपश्चिमका कमल ओली सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ निरुपा दोङ र पुरुषतर्फ साहिल नेपाली उदीयमान खेलाडी चुनिए ।

यस्तै प्रतियोगिताको तीनै संस्करणमा स्वर्ण पदक जितेका विप्लवलाल श्रेष्ठले सुपरस्टार खेलाडीको उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले पनि जितको ह्याट्रिक गर्न सफल भइन् । पुलिस च्याम्पियन बन्दा अर्को विभागिय टोली एपिएफ ३ स्वर्ण तथा समान ५ रजत र कास्य पदक जित्दै दोस्रो भयो । बागमती प्रदेश २ स्वर्ण १ रजत र ६ कास्य पदकका साथ तेस्रो भयो । आर्मी १ स्वर्ण तथा समान ४ रजत र कास्य पदकका साथ चौथो भयो ।

पाँचौं भएको सुदूरपश्चिम प्रदेश को १ स्वर्ण, १ रजत र ४ कास्य पदक जितेको छ । मधेश प्रदेश १ रजत र ६ कास्य जित्दै छैटौं , कोशी प्रदेश १ रजत र ४ कास्य जित्दै सातौं, १ रजत र २ कास्य पदकका साथ लुम्बिनी प्रदेश आठौं र १ कास्यका साथ गण्डकी प्रदेश नवौं स्थानमा रह्यो ।
कर्णाली प्रदेश भने पदक विहिन रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्