काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।
माघ १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।
लघुवित्त गत वर्ष भने १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।