मोरङ जिल्लास्तरीय वि डिभिजन क्रिकेट : मिल्स र बेलबारी विजयी हुँदै सेमिफाइनलमा प्रवेश

<span class='c1'>मोरङ जिल्लास्तरीय वि डिभिजन क्रिकेट : मिल्स</span> <span class='c2'>र बेलबारी विजयी हुँदै सेमिफाइनलमा प्रवेश</span>

विराटनगर । मोरङ जिल्ला स्तरीय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र बेलबारी क्रिकेट क्लब विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा मिल्स क्रिकेट क्लबले इलाइट क्रिकेट क्लबलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २३ ओभरको खेलमा २२ दशमलव ४ ओभरमा सबै विकेट गुमाई १ सय ५ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच विशाल ढकालले ३० रन बनाउँदा विशाल रिसिदेवले १७ रन बनाए । इलाइटका सोनी सिंहले ३ विकेट लिँदा अमर यादव र सलन कामतले समान २-२ विकेट लिए ।
१ सय ६ रनको विजयी लक्ष पछ्याएको इलाइटले २१ ओभरमा सवै विकेट गुमाई ८० रन बनायो । जस्मा सागर मल्लिकले २६ रन बनाउँदा रुद्र साहले १३ रनको योगदान दिए । मिल्सका आयुस श्रेष्ठठले ३ विकेट लिँदा कृष्ण मण्डल र रितीक चौधरीले २-२ विकेट विकेट लिए ।

दोस्रो खेलमा बेलबारी क्रिकेट क्लबले पथरी शनिश्चरे क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पथरीले निर्धारित २५ ओभरको खेलमा १९ दशमलव ४ ओभरमा सवै विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा आवेश कार्कीले १७ रन बनाउँदा सागर कटुवालले १६ रन बनाए । बेलबारीका विदुर महताराले सर्वाधिक ३ विकेट लिए ।

९४ रनको विजयी लक्ष्य पछ्याएको बेलबारीले १८ दशमलव ४ ओभरमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच दिपेश सुवेदी ४२ रन बनाउँदा सचिन कलुवालले २२ रनको योगदान दिए । पथरीका केविल राई र नेल्सन डैगोलले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्