हिउँदे अधिवेशन विधेयक ल्याउने अधिवेशन : प्रधानमन्त्री दाहाल

<span class='c1'>हिउँदे अधिवेशन विधेयक ल्याउने</span> <span class='c2'>अधिवेशन : प्रधानमन्त्री दाहाल</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्नेमा केन्द्रित हुने विश्वास दिलाएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

अघिल्लो अधिवेशनमा सरकारले संसद्लाई पर्याप्त बिजनेस नदिएको आरोप लागेको थियो । यसपटक भने संसद्ले पर्याप्त बिजनेस पाउने जिकिर उनले गरे ।
प्रधानमन्त्री दाहालले राम्रो वातावरणमा हिउँदे अधिवेशन सुरु भएको भन्दै धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा सुरु भएको छ, अब अगाडि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्