निर्देशक तथा कलाकार निश्चल बस्नेतले स्वास्थ्य संस्थालाई दिए जग्गा

निर्देशक तथा कलाकार निश्चल बस्नेतले स्वास्थ्य संस्थालाई दिए जग्गा

विराटनगर । चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले पुर्खौली जग्गा स्वास्थ्य संस्थालाई प्रदान गरेको छ ।

इलाम नगरपालिका–१, साखेजुङका रहेको आफ्नो जग्गा आज (मंगलबार) इलामस्थित मालपोत कार्यालय पुगेर कलाकार बस्नेतले आफ्नो नामको जमिन स्वास्थ्य संस्थालाई प्रदाम गरेको हो ।

कित्ता नम्बर २ ख ५३ रहेको तीन रोपनी दुई दाम दुई पैसा जमिन स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई दान दिएका हुन् । आफ्नो घर भएको ठाउँको जग्गा दान दिन पाउँदा खुसी भएको कलाकार बस्नेतले बताए । बसाइँ सरेर गए पनि बाल्यकालदेखि नै बुबा र परिवारसँग साखेजुङ आउजाउ गर्ने गरेको प्रतिक्रिया दिए।

वडा १ का वडाध्यक्ष गायत्रीराम बस्नेतले जनता आधारभूत विद्यालयसँगै रहेको स्वास्थ्य उपकेन्द्रलाई जग्गा निकै साँघुरो भएका बेला कलाकार बस्नेतले दिएको जमिन निकै उपयोगी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्