एसियन कप : दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा

<span class='c1'>एसियन कप : दक्षिण</span> <span class='c2'>कोरियालाई हराउँदै जोर्डन फाइनलमा</span>

काठमाडौं । कतारमा जारी एएफसी एसियन कपमा जोर्डन फाइनलमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा दक्षिण कोरियालाई २–० ले पराजित गर्दै जोर्डन उपाधि नजिक पुगेको हो ।

जोर्डन प्रतियोगिताको फाइनलमा पुगेको यो नै पहिलो पटक हो । आफ्नो पहिलो सेमिफाइनल खेलेको जोर्डन योर्गन क्लिन्समेनको दक्षिण कोरियाली टिमविरुद्ध जितका लागि पूर्णतः हकदार रह्यो ।

खेलको ५३ औं मिनेटमा जोर्डनका याजन अल–नामटले पहिलो गोल गरेका थिए । प्रतियोगितामा उनको यो तेस्रो व्यक्तिगत गोल हो । मउसा अल–तमारीले ६६ औं मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरे । अल–नामट र अल–तमारीको आक्रामक खेलका अगाडि दक्षिण कोरियाली टिम कमजोर र फिक्का देखिएको थियो ।

बुधबार प्रतियोगिताको दोस्रो सेमिफाइनल हुनेछ र त्यसमा इराकले आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारको सामना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्