सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन सांंसद मोदीको माग

<span class='c1'>सबै सहकारी संस्थालाई छानबिनको दायरामा</span> <span class='c2'>ल्याउन सांंसद मोदीको माग</span>

काठमाडौं । माओवादी केन्द्रका सांंसद अमनलाल मोदीले देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले लाखौं जनताले खाइनखाई गरेर बचत गरेको पैसाको दुरुपयोग भइरहेको भन्दै सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याई कमीकमजोरी छानबीन गरी जनताको पैसा फिर्ता गर्न माग गरेका हुन् ।

उनले भने, ‘देशैभरि लाखौं जनताले खाइनखाई गरेर बचत गरेको पैसा दुरुपयोग भइरहेको छ । ती पैसा न जनताले फिर्ता पाएका छन् न सम्बन्धित मानिसले कारबाही भोगेका छन् । म विशेष अनुरोध गर्न चाहन्छु । देशैभरको सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउनु प¥यो र त्यसमा रहेका कमीकमजोरी छानबिन गरी जनताको पैसा फिर्ता गर्नुपर्छ । यो जोडदार माग गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्