काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार जस्तो गतिहिन र जवाफ बिहिनता सरकार इतिहासमा नै नभएको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले, काब्रे जिल्लाको किसानले दुध बेचेको पैसा अहिले सम्म नआएको भन्दै यो भन्दा नालायक गतिहिन र जवाफ बिहिनता सरकार इतिहासमा नै नभएको आरोप लगाए ।
उनले भने,‘काब्रे जिल्लाको किसानले दुध बेचेको पैसा कहिँले पाउँछन् ?सरकालाई प्रश्न सोध्नचाहान्छु । प्रधानमन्त्रीको भनाई के छ । राज्य आइसक्यो यहि हो रामम्राज्य?यो भन्दा नालायक गतिहिन यो भन्दा जवाफ बिहिनता सरकार इतिहासमा थिएन जसको न कान छ । न आँखा छ । कहिले सुन्छ सरकारले ?’