पाउण्डको मूल्य बढ्यो

पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा पुगेको छ भने बिक्री दर १६८ रुपैयाँ ७ पैसा रहेको छ । बुधबारको तुलनामा पाउण्डको मूल्य बढेको हो ।

आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्