विराटनगर । काेशी प्रदेश सरकारले गठन गरेकाे वार्ता टाेली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ ।
विराटनगरकाे विग हाेटलमा सरकार आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हाे ।
६ माघमा प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री कमलप्रसाद जवेगुकाे नेतृत्वमा वार्ता समिति गठन गरेकाे थियाे । पहिचान पक्षधरले बुधबार वार्ता समिति गठन गरेको थियाे ।