सुन्दरहरैँचामा एन प्याब्सनकाे विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने

<span class='c1'>सुन्दरहरैँचामा एन प्याब्सनकाे विद्यालयस्तरीय</span> <span class='c2'>लोकनृत्य प्रतियोगिता हुने</span>

मणिराम दाहाल
सुन्दरहरैंचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा नगर कार्य समितिले विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 मंगल स्मृति प्रतिष्ठान जेसिज हल विराटचाेकमा पत्रकार सम्मेलन गरेर माघ २६ गते शुक्रबार कार्यक्रम हुने बारे जानकारी गराएकाे हाे ।

कक्षा नर्सरीदेखि  कक्षा २ सम्म जुनियर तथा कक्षा ३ देखि ८ सम्म सिनियर गरी १७ वटा एनप्याब्सनमा आवद्ध विद्यालयका एक सय ५० भन्दा बढी विद्यार्थीले प्रतियाेगितामा सहभागिता जनाउने आयाेजक समितिका नगर अध्यक्ष सुरेशकुमार खवासले बताए ।  उनले प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेलाई  नगदसहित पुरस्कारको साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने साथै  सान्त्वना स्थानसम्मको नृत्यलाई ट्रफी र प्रमाणपत्र दिइने जानकारी दिए ।

  विद्यार्थीको कला प्रतिभा प्रस्फुटन र क्षमता बिकास गरी संस्कृतिको सम्मान गर्नका लागि प्रतियाेगिता आयोजना गरिएको  एनब्यासन प्रदेश सह-सचिव कमल खनालले बताए । उनले प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत, संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने हुनुपर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्