सुन्दरहरैँचामा नि:शुल्क पशुचाैपाया खाेप कार्यक्रम सुरू 

<span class='c1'>सुन्दरहरैँचामा नि:शुल्क</span> <span class='c2'>पशुचाैपाया खाेप कार्यक्रम सुरू </span>

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा पशुचौपायालाई लाग्ने रोगबाट बचाउन निःशुल्क खोप अभियानकाे थालनी गरिएको छ ।

 नगरकाे दिप्सन कृषि फार्मबाट खाेप अभियान कार्यक्रम सुरू भएको हाे ।

अभियानकाे शुभारम्भ गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले कृषकले पालेका पशु चाैपायामा लाग्ने राेग नियन्त्रण गरि यसबाट हुने क्षति कम गर्न खाेप अभियान सञ्चालन गरिएको बताए। यसका साथै पशु नगर अस्पताल सञ्चालनकाे अन्तिम तयारीमा रहेकाे उल्लेख गरे ।
'एकैपटक नगरकाे १२ वडामै खाेप अभियान सुरू हुनेछ' नगर प्रमुख गुरागाईले भने  'सम्भावित महामारी फैलिन नदिनका लागि पशुचाैपायमा पि.पि.आर तथा खोरेत रोग विरूद्धको खोप सुरू गरिएको हाे ।'

 गाईभैँसीलाई खाेरेत बिरूद्धकाे खाेप लगाईने छ भने बाख्रालाई पि.पि.आर बिरूद्धकाे खाेप लगाइने नगर पशु प्रवर्द्धन शाखा प्रमुख किशाेर कार्कीले बताए । उनले गर्भिणि साथै तीन महिना भन्दा कम उमेरका चाैपायामा भने याे खाेप नलगाईने  उल्लेख गरे।

  डाक्टर र प्राविधिक सहित २२ जनाले सबै वडामा रहेका प्रत्येक किसानका घरघर पुगेर खाेप लगाउने उल्लेख गरिएको छ । जसमा ६५ हजार बाख्रा, २५ हजार गाई, ३ हजार ५ सय भाैंसीमा याे खाेप लगाउन लागिएको हाे ।

यस्तै आगामी कार्यक्रममा १४ हजार बङ्गुरलाई खाेप लगाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्