विराटनगरको रविशंकर विद्या मन्दिरले अभिभावकहरुका लागि कार्यशाला गर्ने

<span class='c1'>विराटनगरको रविशंकर विद्या मन्दिरले</span> <span class='c2'>अभिभावकहरुका लागि कार्यशाला गर्ने</span>

विराटनगर। विराटनगर-२ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिरले बालबालिकाको नियमित सिकाई पद्धतिलाई थप गुणस्तरीय बनाउनका लागि अभिभावहरुका लागि कार्यशाला गर्ने भएको छ ।

रविशंकर विद्या मन्दिर भोलि शनिबार अभिभावहरुका लागि कार्यशाला गर्ने भएको हो ।

उक्त कार्यशालामा बालबालिकाको क्षमता अभिवृद्धि र पढाईप्रति रुचि बढाउने बिषयमा अभिभावकहरुलाई बिशेष प्रशिक्षण दिने विद्यालयको तयारी रहेको छ । घरमा पनि पठनपाठनको वातावरण तयार पार्ने, सिकाई पद्धतिलाई थप प्रभावकारी बनाउने र बालबालिकालाई नयाँ अभ्यासमा सामेल हुन प्रेरित गर्ने बिषयमा अभिभावकलाई प्रशिक्षण दिन कार्यशालाको आयोजना गर्न लागिएको विद्यालयकी प्रधानाध्यापक सीमा अग्रवालले बताईन् ।

गुणस्तरीय र प्रविधिमैत्री शिक्षण सिकाई पद्धतिमा जोड दिएको विद्यालयले प्रत्येक कक्षामा १८ जना विद्यार्थी मात्र भर्ना लिने गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्