विराटनगर । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार विस्तारको क्रममा मुख्यमन्त्रीले गठबन्धनभित्र भएको सहमित उल्लंघन गरेको बताएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार सरकार विस्तार गरेका छन् ।
मन्त्रीपरिषद विस्तारका क्रममा मुख्यमन्त्रीले गठबन्धनभित्र भएको सहमति उल्लंघन गरेको बताउदै उनले भने ‘यो गलत छ।’ सोही कारण पनि आफू सपथ ग्रहण कार्यक्रममा उपस्थिति नभएको बताए ।
मुख्यमन्त्री कार्कीले गठबन्धन दलका नेताहरुलाई सुविधा दिने र जिससहरुको अधिकार खोस्ने गरी ल्याएको अध्यादेशको पनि पूर्व मुख्यमन्त्री राईले असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यादेश पनि विना सल्लाह ल्याएर मुख्यमन्त्रीले गठबन्धनको मर्म विपरित काम गरेको बताउदै उनले यो गल्ती तुरुन्तै सच्चाउन आग्रह गरेका छन् ।
गल्ती नसच्याए विकल्प खोज्न तयार रहेको जानकारी दिँदै उनले एउटा मन्त्रीका लागि सरकारमा टाँसिरहन कुनै जरुरी नरहेको बताए ।
मुख्यमन्त्रीले विस्तार गरेको मन्त्रीपरिषदमा काँग्रेसबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादीबाट तीन मन्त्री र एकीकृत समाजवादीबाट एक जना मन्त्री भएका छन्। गठबन्धनकै जसपा भने सरकारमा जाने कुनै टुंगो छैन ।