वैदेशिक रोजगारीका नाममा पाँच लाख ठगी गर्ने एक जना पक्राउ

<span class='c1'>वैदेशिक रोजगारीका नाममा पाँच लाख</span> <span class='c2'>ठगी गर्ने एक जना पक्राउ</span>

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका-१४ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका-३२ शान्तीनगर बस्ने वीरेन्द्रप्रसाद पटेलको छोरा २५ वर्षीय धीरज पटेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेका पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पीडितबाट पटक-पटक गरी पाँच लाख लिइ सम्पर्कविहीन भई ठगी गरेकाले बिहीबार बबरमहलबाट पक्राउ गरी आज सार्वजनिक गरेका हौँ ।” पक्राउ परेका पटेलमाथि थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्