विराटनगर । दोस्रो जुनियर बेलबारी नगरपालिका स्तरिय तथा पाँचौ सिनियर कोशी प्रदेश स्तरीय आई टिएफ तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ ।
मोरङको बेलबारीमा तेक्वाण्डो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।
डाँगीहाट आइटिएफ तेक्वाण्डो डोजाङ्ग आयोजना सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिका प्रमुख दिल प्र्रसाद राईले गरे । कार्यक्रममा बोल्दै प्रमुख राईले खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार लागि पर्ने बताए । उनले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट बिनायोजन गरेर बेलबारी नगरपालिका अगाडी बढनले उनले बताए ।
कार्यक्रममा नेपाल आइटिएफ तेक्वाण्डोका केन्द्रीय अध्यक्ष प्रविणकुमार कार्कीले तेक्वान्दो खेलको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए। अहिले स्थानीय सरकारले खेलकुदमा बजेट बिनायोजन गरेर विकासमा लागि परेको उनले बताए । प्रदेश र संघले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट बिनायोजन नगरेको कारणले खेलकुद क्षेत्र पछाडी परेको उनले बताए ।
कार्यक्रममा नेपाल खेलकुद महासंघ मोरङका इन्चार्ज मनोज विक्रम शाह, नेपाल आइटिएफ केन्द्रीय उपाध्यक्ष चर्तुलाल चौधरी, बेलबारी नगरपालिका १० का वडाअध्यक्ष गंगा याख्खालगायतको उपस्थिती रहेको थियो । डाँगीहाट आइटिएफ तेक्वाण्डो डोजाङ्गको अध्यक्ष धमेन्द्र लिम्बुको अध्यक्षतामा कार्यक्रम भएको हो ।