लाेकनृत्य प्रतियोगितामा सिनियरमा हिमालय तथा जुनियरतर्फ विराट एकेडेमी प्रथम   

लाेकनृत्य प्रतियोगितामा सिनियरमा हिमालय तथा जुनियरतर्फ विराट एकेडेमी प्रथम   

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित जेसिज हलमा भएको लाेकनृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियाेगिता राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन (एन प्याब्सन) नेपाल सुन्दरहरैँचा नगर कार्यसमितिको आयाेजनामा भएको थियाे । कार्यक्रममा १३ वटा विद्यालयबाट करिब १ सय ५० विद्यार्थीले  सहभागीता जनाएका थिए । 

प्रतियाेगितामा सिनियर तर्फ हिमालय अङ्ग्रेजी स्कुल सुन्दरहरैँचा १० प्रथम भएको थियाे । यस्तै दाेस्राे सनसाइन एकेडेमी र तेस्रो रेस्नल चिल्ड्रेन घाेषित भयाे । यसैगरी जुनियर तर्फको प्रतियोगितामा विराट एकेडेमी प्रथम भएको थियाे । साथै  दाेस्राे ब्लु वेल चिल्ड्रेन र तेस्रो हिमालय अङ्ग्रेजी स्कुल भएको थियाे । प्रतियोगितामा बिजेतालाई मेडल, प्रमाणपत्र र सिल प्रदान गरिएकाे एनप्याब्सन नगर अध्यक्ष सुरेश खबासले जानकारी दिए । 

 कार्यक्रमकाे नगरप्रमुख केदारप्रसाद गुरागाईले उदघाट्न गरेका थिए। उनले पढाइसँगै अतिरिक्त क्रियाकलापबाट विद्यार्थीकाे क्षमता विकास हुने हुँदा प्रतिभा उजागर र पहिचानका लागी यस्ता किसिमका रचनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका  निर्वाह गर्ने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्