चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाली टिम विजयी

<span class='c1'>चीनसँगको मैत्रीपूर्ण फुटबलमा</span> <span class='c2'>नेपाली टिम विजयी</span>

काठमाडौं । चिनियाँ नयाँ वर्षका अवसरमा आयोजित चीन-नेपाल मैत्रीपूर्ण फुटबलमा नेपालले जितेको छ । दशरथ रंगशालामा शनिबार नेपाली टिमले ५-१ गोलको फराकिलो अन्तरले जित हात पारेको हो ।

नेपाली युवा फुटबल टिम र चिनको छिङघाई युवा फुटबल टिम बीचको खेलको उद्घाटन राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलमा जुनसुकै टिमको जितहार भए पनि नेपाल-चीन बीचको सम्बन्न्धले जित्ने बताए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने क्रममा नयाँ वर्षका अवसरमा फुटबल आयोजना गरिएको बताए।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ लगायत परिषद्का सदस्यहरुको उपस्थिति थियो । काठमाडौंस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा खेल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्