एसीसी वुमन्स प्रिमियर कपमा नेपाल क्वाटरफाइनल नजिक

एसीसी वुमन्स प्रिमियर कपमा नेपाल क्वाटरफाइनल नजिक

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आइतबार भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रनमात्र बनाएको थियो । ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालको जितमा सिता रानामगरले ३२ रनको नटआउट पारि खेलिन् । उनले ३७ बल फेस गर्दा १ छक्का र २ चौका प्रहार गरिन् । यसैगरी रुविना क्षेत्रीले १ छक्का र १ चौकाको मद्दतले २४ बलमा १७ रनको नटआउट पारि खेलिन् । कविता कुँवर ५ तथा कप्तान इन्दू वर्मा १ रनमा पभेलियन फर्किएका थिए ।
भुटानका लागि अञ्जु गुरुङ र अञ्जुली घलेले एक एक विकेट हात पारे ।
पहिला ब्याटिङ गर्दा भुटानका लागि नवाङ छोडेनले सर्वाधिक २५ रन बनाउँदा कप्तान डेचेन वाङ्गमोले १७ तथा छिरिङ जान्ग्मोले १६ रनको पारि खेलिन् ।
नेपालका लागि कविता कुँवर, सीता राना मगर, इन्दू वर्मा र कविता जोशीले समान एक एक विकेट हात पारे ।
लगातार दोस्रो जितसँगै नेपाल समूह डीको शीर्ष स्थानमा रहेको छ । यही समूहमा रहेको अर्को खेलमा आइतबार हङकङ र माल्दिभ्स आमने सामने हुने छन् । उक्त खेलमा हङकङ विजयी भए नेपाल एक खेल अगावै क्वाटरफाइनलमा पुग्ने छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार माल्दिभ्ससँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्