लोटस मल्टि ट्रेनिङद्वारा कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना

<span class='c1'>लोटस मल्टि ट्रेनिङद्वारा कोरियन भाषा परीक्षामा</span> <span class='c2'>उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना</span>

विराटनगर । सन् २००८ देखि कोरियन भाषा परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको यस लोटस मल्टि ट्रेनिङ प्रा.लि.इटहरीले कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिएको छ।

एक कार्यक्रमको आयोजना गरी कोरियन भाषा परीक्षामा उत्तीर्ण गर्न सफल २५५ जना विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिएको हो।

हाम्रो आफ्नो देश र परिवेशमा हुर्केका विद्यार्थीहरूलाई फरक परिवेशमा काम गर्नुपर्दा यहाँबाट देखेको कोरिया र वास्तवमा काम गर्नुपर्ने ठाउँमा पुगेर काम गर्नुपर्दाको कोरिया बिचको फरकलाई प्रष्ट्याउँदै मेहनत र पारिश्रमिक कोरियनहरू पनि आफुसँगै काम गर्ने हुनाले दुवै एक अर्कामा फरक भए पनि काम र दाममा समान छौँ भन्दै म पनि गर्न सक्छु भन्ने कुरालाई मनन गर्दै काम गर्न सके कोरिया बसाई अझ सहज हुने प्रबन्ध निर्देशक रविन्द्र निरौला बताए ।

सन् २००० देखि कोरियन तथा जापनिज भाषा अध्यापन गराइ हजारौलाई कोरिया तथा जापान पुर्‍याउन सफल भएको लोटस मल्टि ट्रेनिङ प्रा.लि.इटहरीको दाबी छ।

आउँदा दिनमा कोरियाको काम र बसाईमा अझ सहजता र सफलता मिलोस् भन्दै कोरियन भाषा प्रशिक्षक लिला राज घिमिरे शुभकामना व्यक्त गरे।

उक्त कार्यक्रममा प्रबन्ध निर्देशक तथा कोरियन भाषा प्रशिक्षक रविन्द्र निरौला, कोरियन भाषा प्रशिक्षक लिला राज घिमिरे, लोकेन्द्र घिमिरे र अरविन्द मेहताले विद्यार्थीहरूलाई अविर, टिका र खादा लगाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्