खेल क्षेत्रको विकासमा नयाँ इतिहास बनाउन चाहन्छौं : मन्त्री लिम्बु

खेल क्षेत्रको विकासमा नयाँ इतिहास बनाउन चाहन्छौं : मन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले व्यवसायिका खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाउने प्रयासमा जुटिरहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र बलियो नहुँदा चाहेको जस्तो परिवर्तन गर्न नसकेको गुनासो गरे ।

उनले अहिले खेलाडीहरूलाई पढ्ने, बस्ने, खाने र खेल्ने सुविधासहित व्यवसायिक खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाइ नयाँ इतिहास निर्माण गर्ने बताए । उनले भने, ‘देशको अर्थतन्त्र त्यति बलियो छैन् । त्यसैले हामीले चाहेको जस्तो धेरै परिवर्तन गर्न सकेको छैनौ । सक्दो प्रयास गरिरहेको छौं । अहिलेको प्रयास खेलाडीहरूलाई पढ्ने ,बस्ने, खाने र खेल्ने सुविधासहित व्यवसायिक खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाउने सोचका साथ हामी बजेटिङ गर्छौं। नयाँ खालको इतिहास निर्माण गर्छौं ।’

उनलेसंघहरुले मापदण्ड पूरा नगर्दा खेलाडीहरूलाई अन्याय भएको टिप्पणी गरे । जथाभावी चल्ने राष्ट्रिय संघको पक्षमा आफू नरहेको भन्दै संघहरूले आफूलाई आमूल परिवर्तन नगरेसम्म कसैले संघलाई मान्न नसक्ने भनाइ राखे ।

मन्त्री लिम्बुले अहिले नकारात्मक कुरा मात्र बढि गरेर समय खेर फाल्ने जमाना सुरु भएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्