कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

विराटनगर । पाचौँ कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वणर्, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो ।

बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको हो ।

३ स्वणर्, ३ कास्य र ७ रजत पदक जितेर मोरङ द्वितीय भएको छ । यस्तै, सुनसरी ३ स्वणर्, ३ कास्य र ५ रजत पदक जितेर तृतीय भएको छ ।

प्रतियोगिता अन्र्तगत महिला ४०-४५ तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजक बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटकी बिलिसा माझी द्वितीय, तृतीय मोरङकी प्रिया माझी र पाँचथरकी चरितमा राई भइन् ।

यसैगरी, ४६-५० तौल समूहको प्रथम सुनसरीकी एलिका बिक, द्वितीय झापाकी नम्रता सिगु, तृतीय मोरङकी अनुस्का धिमाल र पाँचथरकी एलिसा सेलिङ्ग भइन् ।

५१-५५ तौल समूहको प्रथम सुनसरीकी बिट्नी राई, द्वितीय मोरङकी प्रिया राय र झापाकी रेसिका बराल भइन् ।

यस्तै, ५६-६० तौल समूहको प्रथम भोजपुरकी सजिना तामाङ्ग, द्वितीय सुनसरीकी एलिजा राई, आयोजक दिक्षा लिम्बु र पायल मगर तृतीय भइन् ।

६१-६५ तौल समूहको प्रथम झापाकी सेहना लिम्बु, द्वितीय आयोजक दिक्षा खड्का, तृतीय मोरङकी मनिषा भूर्तेल र इलामकी नैना खातुन भइन् ।

यस्तै, ६६ प्लस तौल समूहको प्रथम आयोजक एलिजा राजवंशी, द्वितीय झापाकी सुष्मा आक्षमी भइन् ।
पुरुषको ४५-५० तौल समूहको प्रथम मोरङका प्रकाश शर्मा, द्वितीय झापाको सौरव श्रेष्ठ, तृतीय पाँचथरको मनिष राई र भोजपुरको दिपक राई भए । यस्तै ५१-५५ तौल समूहको प्रथम पाचथरको आलोक राई, द्वितीय सुनसरीको पियूष श्रेष्ठ, तृतीय झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी भए ।

यसैगरी, ५६-६० तौल समूहको प्रथम झापाका प्रितम धिमाल, द्वितीय इलामका दिपप्रसन राई, तृतीय मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ्ग भए । यस्तै ६१-६५ केजी तौल समूहका प्रथम मोरङका लक्ष्मण राजवंशी, द्वितीय झापाका मनिष श्रेष्ठ, तृतीय आयोजक सोनुदेव पौदार र सुनसरीका आशिष मगर भए ।

६६-७० तौल समूहको प्रथम मोरङका प्रथम कार्की, द्धितीय भोजपुरका सुन्दर गुरुङ्ग, तृतीय पाँचथरका सक्षम बराइली र सुनसरीका सुरज बराइली भए । यस्तै ७१ प्लस तौल समूहको प्रथम झापका अनोमल लिम्बु, द्वितीय आयोजक विकास ठाकुर, तृतीय मोरङका निशान्त भूजेल र धनकुटाका युनिक राई भए ।

दुई दिनसम्म भएको प्रतियोगितामा ११ जिल्लाका १६३ जना खेलाडीहरुको सहभागि भएको कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बुले जानकारी दिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद मानबहादुर लिम्बुले बेलबारीमा खेलाडीहरुको अभ्यासको लागि कवड हल निर्माण गरी खेलकुद क्षेत्रको विकासका लागि पहल गर्ने बताए ।

नेपाल इन्टरनेश्नल तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले राज्यले खेलकुद क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । ‘अहिले पनि राज्यले खेलकुद क्षेत्रमा प्रयायाप्त मात्रमा बजेट बिनायोजन नगरेको कारणले खेल क्षेत्र खच्किएको छ,’ उनले भने, ‘यस क्षेत्रको विकासको लागि तीन तहको सरकारले विशेष प्राथामिकतामा राख्नुपर्दछ । अनि मात्र खेलकुद क्षेत्रको विकास हुनेछ ।’

नेपाल खेलकुद महासंघका विराटनगर महानगरपालिका इन्चार्ज मनोजविक्रम शाहले आइटिएफ तेक्वान्दो खेललाई विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष चर्तुलाल चौधरी, केन्द्रीय सदस्य तथा कोशी प्रदेशका संयोजक राजेन्द्र धिमाल, केन्द्रीय सदस्य विराटनगर ४ का वडाअध्यक्ष जितेन थापा, केन्द्रीय सदस्य नवीन तामाङ्ग र प्रदेश सदस्य प्रल्हाद राउत लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्