१० अंकले घट्यो नेप्से

१० अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा झरेर बन्द भएको हो ।

तीन उपसमूह डेभलपमेन्ट, हाइड्रो र म्यु्चुअल फण्डबाहेक अन्य १० उपसमूहको सूचक नकारात्मक देखिएका छन् । दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट स्तरमा कारोबार भएको हो ।

कारोबारमा आएका ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घटेको छ भने ८ कम्पनीको सेयरमा कुनै परिवर्तन भएन । ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँमा कारोबार भएको छ । कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीको ६२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै एनआरएन इन्फ्रस्ट्रक्चरको १२ करोड, हिमालयन डिष्टिलरीको ९ करोड २३ लाख र एनआइसी एसिया बैंकको ८ करोड ४२ लाखको कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्