बाँसबारी जग्गा प्रकरणमा अदालतको आदेश प्रति गृहमन्त्री असन्तुष्ट

<span class='c1'>बाँसबारी जग्गा प्रकरणमा अदालतको</span> <span class='c2'>आदेश प्रति गृहमन्त्री असन्तुष्ट</span>

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा काठमाडौं अदालतको दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइतबार बोल्दै उनले अदालतले म्याद तोकेर दुई दिनभित्र अनुसन्धान गरेर छाडिदेऊ भनेर दिएको निर्देशन न्यायिक इतिहासमा नै पहिलो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने,‘बाँसबारी जग्गाप्रकरणको कुरा उठ्यो,राज्यका अरु अंगपनि छन् । त्यो ठीक वा बेठीक हुन पनि सक्छ । अदालतले गरेको अख्तियारले गरेको हो। त्यसमा हामीले हस्तक्षेप गर्न मिल्दैन । अदालतले पहिले नै दुई दिनभित्र सक अनुसन्धान, त्यसपछि छोड भनेर पुलिस अधिकारीलाई निर्देशनदिने अहिलेसम्मको न्यायालयको इतिहासमा छैन,यो पहिलो हो ।’

उक्त प्रकरणमा प्रहरीले व्यवसायी अरुण चौधरीसँगै अरु दुई जनालाई पक्राउ गरेको थियो । तीनै जना अदालती आदेशपछि थुना मुक्त भइसकेका छन् । समितिमा उक्त प्रकरण बारे सदस्यले प्रश्न उठाएपछि गृहमन्त्री श्रेष्ठले जवाफ दिएका हुन् । अदालतप्रति आफ्नो सम्मान रहेकाले आदेश कार्यान्वयन गरे पनि काठमाडौं जिल्ला अदालतको यो आदेशप्रति भने प्रश्न उठेको उनले बताए । अदालतले आरोपितलाई छाड्ने आदेश दिएपनि आफूहरुले भने मुद्दा भने नछाडेको उनले जिकिर गरे ।

त्यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भन्दै गृहमन्त्री श्रेष्ठसँग प्रश्न गरेका थिए । उनले जग्गा प्रकरणमा अरुण चौधरीकै बराबर सेयर विनोद चौधरीको पनि रहेको भन्दै प्रश्न गरेका हुन् ।
उनले प्रश्न गरे,‘बाँसबारी जग्गा प्रकरणमा जग्ग हडप्दा अरुण चौधरीको जत्तिकै सेयर भएका अन्य साझेदार मध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीलाई अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला। त्यो बयान लिइयो कि लिइएन? कारबाहीको दायरामा ल्याउनुपर्छ भनेको होइन,बयान लिइयो कि लिइएन भनेको मात्र हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्