क्रिकेटर देव खनाल बने वर्ष उत्कृष्ट युवा खेलाडी

क्रिकेटर देव खनाल बने वर्ष उत्कृष्ट युवा खेलाडी

काठमाडौं । क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको हो ।

मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पार्दै देव खनालले उक्त अवार्ड जितेका हुन् ।
२०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन खनालले नेपाली क्रिकेट टिमको नेतृत्व गरेका थिए ।
देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो ।

यस्तै, विश्वकप छनोटका ५ खेलमा समेत उनले राम्रो प्रर्दशन गरेका थिए । देवले कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटसँगै घरेलु क्रिकेटमा राम्रो प्रर्दशन गर्दै आएका खनालले २०२४ को पल्सर एनएसएसजेएफ अवार्डको २० औं संस्करण हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्