आलमको मुद्दामा साक्षी झिकाउन आदेश

<span class='c1'>आलमको मुद्दामा साक्षी</span> <span class='c2'>झिकाउन आदेश</span>

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा जिल्ला अदालत रौतहटले साक्षी बुझ्ने आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको इजलासले सरकारी साक्षी तथा गवाह बुझ्न र गौरीशंकर रामको स्वास्थ्य परीक्षणको रिर्पोट झिकाउन आइतबार आदेश दिएको हो ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोपमा आलम थुनामा छन् । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको थियो । वास्तविकता बाहिरिने डरले आलमले बम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोप छ ।

२०७६ कात्तिक १८ गते आलममाथि रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो ।
मुद्दा दायर भएको १० दिनपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अदालतको उक्त आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरवलोकन निवेदन दिएका थिए ।

२०७६ माघ २४ गते उच्च अदालतले जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो । उक्त मुद्दामा आलमसहित ११ जना प्रतिवादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्