फागुन १ गते बिदा छैन : गृहमन्त्रालय

फागुन १ गते बिदा छैन : गृहमन्त्रालय

काठमाडौं । सरकारले जनयुद्ध दिवस पारेर फागुन १ गते सार्वजनिक बिदा दिने निणर्य फिर्ता गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि मन्त्रिपरिषद्ले सार्वजनिक बिदा दिन गरेको निणर्यलाई फिर्ता लिएको जनाएको छ ।

‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख गरिएको थियो । तर, सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएपछि गृहले आज विदा नदिइएको जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्