विराटनगर । पाँचथर जिल्लाको मिक्लाजुङ गाँउपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएको छ ।
फागुन १ गते मंगलबारका दिन गाँउपालिकाले मातहतमा रहेका शैक्षिक संस्था र आपत्कालिन बाहेक स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
‘मिक्लाजुङ गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयको मिति २०८०÷१०÷२६ गतेको निर्णयानुसार “जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फाल्गुन १ गते मंगलबारका दिन मिक्लाजुङ गाउँपालिका मातहत रहेका सरकारी कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा दिने“ निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ गाँउपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।