कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन सार्न कोशी सरकारद्वारा सिफारिस

कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन सार्न कोशी सरकारद्वारा सिफारिस

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन ५ नम्बरस्थित भौंसाबारीमा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निणर्य गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले जानकारी दिए ।

कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन हाल भइरहेको ठाउँबाट वडा नम्बर ५ मा सार्ने गाउँसभाको दुई तिहाई बहुमतले निणर्य गरेको र उक्त निणर्य कार्यान्वयन गराउन अदालतबाट समेत फैसला आएको हुँदा सोही अनुसार भौंसाबारीमा प्रमुख प्रशासकीय भवन सार्न संघ सरकारलाई सिफारिस गर्ने निणर्य भएको मन्त्री राईले बताए ।

मन्त्री राईको अनुसार मन्त्रीपरिषद्को बैठकले प्रदेश किताबखाना निर्देशिका २०८० स्वीकृत गरेको छ भने बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरेर बाराहापोखरी गाउँपालिका राख्न माग गर्दै उक्त गाउँपालिकाले गरेको सिफारिस गरेअनुसार संघ सरकारलाई सिफारिस गर्ने निणर्य पनि गरेको छ ।

यस्तै मन्त्रीपरिषदको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि समपुरक र विशेष अनुदानसम्बन्धी पनि केही निणर्य गरेको मन्त्री राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्