व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन : मुख्यमन्त्री कार्की

व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको बताएका छन् । नेपाल उद्याेग बाणिज्य महासंघ काेशी प्रदेशकाे छैठौं प्रदेश सभामा उनले साझेदार छुटिएर जानसक्छ तर पाङ्ग्रा छुटिदा रथ चल्न नसके जस्तै सरकार र व्यवसायी रहेकाे बताएका हुन् ।

´कर बिनाको सरकार चल्न सक्दैन, व्यवसायी डुब्याे भने सरकार चल्न सक्दैन,` उनले भने, ´बैंक डुब्याे भने रोजगारी पाउने अबस्था हुँदैन त्यसैले कोशी सरकारले उद्योगी व्यवसायीलाई प्राेत्साहन गर्नका लागि योजना मार्यान्वयनमा ल्याउनै लागेकाे छ ।`
महासंघकाे याे सभाले प्रदेशको दिगो विकासमा केन्द्रीत हुन्छ भन्नेमा विश्वस्त रहेकाे बताएका छन् । ´व्यवसाय गर्ने भन्दा नेता बढी भएको अबस्था छ, तपाईहरु की राजनीति गर्नुहोस् कि व्यवसाय, दुई तिर हातहाल्यो भने सफल हुईदैन् ।` व्यवसायको लागि दक्ष जनशक्तिको आवश्यक्ता रहेकाे हुँदा प्रदेश सरकारले महिला र युवालाई उद्यमी बनाउने अभियान चलाएको छ ।` प्रदेशको उद्यमशिलतालाई अगाडि बढाउन उद्योग दर्ता सम्बन्धी नियमावली ल्याएर अनलाइनबाट नै उद्याेग दर्ता, नवीकरणलगायतको काम सुरू भइसकेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

´अलैंचीको व्यापार भारत मात्रै हाेइन तेस्रो मुलुक निकासीका लागि प्रक्रिया अगाडि बढेको छ,` उनले भने, ´कुनैपनि विषयमा दु:ख दिने खालको निकास नखोजौं, भारतमा मात्रै अलैंची निकासी गर्दा मूल्यमा कमी आएकाे बेला यहाँका किसानलाई घाटा व्यहाेर्नु पर्दछ ।`

कानुन डर, त्रास देखाउने हतियार नभई सहजीकरण गर्ने माध्ययम भएकाेले उद्याेगी व्यवसायीहरूलाई नडराउन उनले आग्रह गरेका छन् । ´अर्काले गरेको देखी नसहने नेपाली समाजमा छिमेकीले नै छिमेकीकाे उन्नति, प्रगति देखि नसहने भएकाले पछि परेका छाैं,` उनले भने, ´मजदुरका छाेराछाेरीले सधैं मजदुरी नै गरिदिनुपर्ने हो त ? श्रम सबै समान हुन्छ । श्रमकाे आधारमा कसैले कसैलाई विभेद गर्न पाउँदैन अनि मात्रै देश विकास हुन्छ । विराटनगरभन्दा काठ्माडौंमा बढी भएमा त्यहाँ आफ्नो श्रम बेच्छ, काठ्माडौं भन्दा कतारमा बढी भयो भने त्यहाँ जान्छ । कतारभन्दा अमेरिकामा बढी भएमा त्यहाँ बेच्छ । ? श्रम बेच्न त पाईन्छ होला नि ?`

बिदेश गएका मानिहरुलाई जनसम्पर्क मोर्चा बनाएर लेबी उठाई पार्टी चलाउने र फर्केपछि विमानस्थलमा विदेश जाँदै गरेकाे फाेटाे राखेर गाली गर्ने व्यवहारमा नेताहरूले परिवर्तन गर्नुकाे विकल्प नभएकाे मुख्यमन्त्री कार्कीले बताएका छन् ।
औधोगिक क्षेत्रको सम्भाव्यता अध्ययन गर्दै छौं । संघको आपूर्ति मन्त्रालयबाट परामर्शदाता चाँडै आउँदै छन् त्यसपछि प्रदेश सरकारले व्यवस्थित रूपमा उद्याेग क्षेत्रकाे विकासमा प्रदेश सरकार लाग्ने उनले बताएका हुन् ।

´डेमेक्रेशी होस् कि अटोक्रेशी जस्तो मुलुकमा पनि व्यवसायी नभएको देश हुँदैन,` उनले भने, ´सरकारले प्रवर्द्धनका लागि ल्याउने नीतिमा व्यवसायलाई कसरी प्रमोट गर्ने भन्ने कुरा हुन्छ ।`

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्