सलनाल क्रिकेट कप २०२४ को उपाधि एभरेष्ट वरियरलाई

सलनाल क्रिकेट कप २०२४ को उपाधि एभरेष्ट वरियरलाई

कोरिया । कोरियन नयाँ बर्षको सलनालको अवसरमा आयोजना भएको क्रिकेट प्रतियोगिताको उपाधि एभरेष्ट वरियरले जितेको छ।

थेगु थण्डर्स कोरियाको आयोजनामा भएको सलनाल कप २०२४ को उपाधी एभरेष्ट वरियरले जितेको हो ।

कोरियन नयाँ बर्षको सलनाल अवसरमा कोरियाको ख्यांगस्यांग सिमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको एभरेष्टले निर्धारित १० ओभरमा ७ विकेटको गुमाउदै ८४ रन बनाएको थियो।

८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको आयोजक थेगु थण्डर्सले निर्धारित १० ओभरमा ८ विकेट गुमाउदै ८३ रन बनायो ।

विजयी एभरेष्ट वारियरले २ लाख २० हजार नेपाली रुपैयाँ,ट्रफी र मेडल हात पार्यो। भने उपविजेता थेगु थण्डर्सले १ लाख नेपाली रुपैयाँ,ट्रफी र मेडल प्राप्त गर्यो।

उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्