वियोग र शहिदलाई युनिक प्रेसका संचालक श्रेष्ठ दम्पतीले कक्षा १० सम्म पढाउने

वियोग र शहिदलाई युनिक प्रेसका संचालक श्रेष्ठ दम्पतीले कक्षा १० सम्म पढाउने

विराटनगर । सामान्य परिवारमा हुर्किएका वियोग राई र शहिद राईको असामान्य क्षमता छ । उनीहरु दुवैजना पढाईसँगै अतिरिक्त क्रियाकलापमा तेज छन् ।

शहिद राई कक्षा ९ मा र वियोग राई कक्षा ३ मा संखुवासभा जिल्लाको चिचिला गाउँपालिका -५ मा रहेको धर्मदेवी माध्यमिक विद्यालयमा अध्ययनरत छन् । तर, अभावले गर्दा कहिलेकाँही उनीहरुको पढाईमा नै ‘ब्रेक’ पो लाग्ने हो की ? भन्ने प्रश्नले विद्यालयको शिक्षकशिक्षिकाहरुको मनमा नलागेको पनि होइन्।

यस्तै विद्यालयस्तरबाट उठेको प्रश्नलाई बिट मार्न खाँदबारी नगरपालिका - १ मा रहेको युनिक प्रेसका सञ्चालक प्रविण श्रेष्ठ र उनकी धर्म पत्नि प्रजिना शाक्यले वियोग र शहिदलाई अध्ययनका लागि सहयोग गर्ने भएका छन् ।

उनीहरुको सहयोगमा विद्यालयकी शिक्षिका संगिता राईको समेत ठूलो योगदान रहेको प्रजिना शाक्य बताउछिन् । पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत क्षमतावान भएको शिक्षिका राईले सुनाएपछि आफूहरु सहयोग गर्न तयार भएको उनले बताइन् ।

‘उनीहरु पढाईसँगै अन्य क्षेत्रमा पनि क्षमतावान रहेछन तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पढाई बीचमा छोड्ने हो कि भन्ने चिन्ता शिक्षिका संगिता राईले सुनाउनुभयो , हामीलाई पनि विपन्न तर पढाईमा क्षमतावन भएकालाई सहगोग गर्नुमन थियो,’उनले सुनाइन्,‘हामीले उनीहरुको क्षमतालाई देखेर सहयोग गर्न तयार भएका हौँ, दुवैजनालाई हामीले कक्षा १० सम्म पढाउने निणर्य गरेका हौँ ।’
वियोग र शहिदको मेहेनत र लगनशीलताको शब्दमा वयान गर्न नसकिने विद्यालयकी शिक्षिका संगिता राई बताउछिन् ।

उनको अनुसार दुवैजना हरेक क्षेत्रमा अगाडी छन् । दुवैजनालाई संरक्षण गर्नुपर्छ भन्ने उदेश्यले पनि आफूले प्रविण र प्रजिनासँग कुरा राख्दा श्रेष्ठ दम्पति सहयोग गर्न तयार भएको शिक्षिका राईले सुनाइन् । सोमबार युनिक प्रेसका सञ्चालक श्रेष्ठ दम्पतिले स्टेस्नरीको समाग्रि प्रदान गरेका थिए । उनीहरुलाई विद्यालयको पोसाक साथै अन्य आवश्यक सहयोग समेत रहने प्रजिनाको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्