राज्यले अझै देशको संस्कृतिलाई राम्रोसँग बुझ्न सकेन: मन्त्री किराती

राज्यले अझै देशको संस्कृतिलाई राम्रोसँग बुझ्न सकेन: मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालका संग्रहालयहरुको उच्चस्तरमा विकास नभएको बताएका छन् ।

८५ औं राष्ट्रिय संग्रहालय स्थापना स्थापना दिवसको मूल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संस्कृति हेर्दा वा संग्रहालयतिर छिर्दा ज्ञान र कलाले समृद्ध भएपनि स्तरीय विकास गर्न नसकेको बताएका हुन् । उनले राज्यले अझै देशको संस्कृतिलाई राम्रोसँग बुझ्न नसकेको बताए ।

उनले भने,‘नेपालको संस्कृति हेर्दाखेरी अर्थात हाम्रो संग्रहालयतिर छिर्दाखेरी ज्ञान र कलाले समृद्ध देखिन्छौं । स्तरीयविकासमा हामी पछि छौं । के भयो, त्रुटी कहाँ भयो ? भन्ने मलाई लाग्छ । यति ठूलो छ हाम्रो संस्कृति । सिङ्गै मन्त्रालयको र समग्र राज्यको हिसाबले हाम्रो देशको संस्कृतिलाई अझ राम्रोसँग बुझ्न सकेको छैनौं कि जस्तो आफू मन्त्री भएपछि अनुभव भएको छ ।’

उनले पर्यटकलाई प्रकृतिमात्र देखाउने होईन भव्य संस्कृति र संग्रहालयमा सजिएका कला कृतिहरु पनि पर्यटनको भव्य आधार बन्न सक्छ भनेर आफू त्यसैमा लागेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्