झापा गोल्डकपका खेलाडी, रेफ्री र प्रशिक्षकको बीमा

झापा गोल्डकपका खेलाडी, रेफ्री र प्रशिक्षकको बीमा

विराटनगर । झापा गोल्डकपले प्रतियोगितामा सहभागी हुने खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा गरेको छ ।

आसन्न छैटौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

गोल्डकप र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौँबीच दुर्घटना बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

खेलाडी, रेफ्री, अफिसियल, प्राविधिक र स्वयमसेवकलाई हुन सक्ने सम्भावित दुर्घटनालाई लक्षित गरी झापा गोल्ड कपले दुर्घटना बीमा गरेको हो ।

सम्झौतापत्रमा नेपाल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेल र गोल्डकपका अध्यक्ष बस्नेतले हस्ताक्षर गरेका छन् ।

अधिकृत पोखरेलका अनुसार खेल अवधिभर रंगशालाभित्र खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुमध्ये कसैको दुर्घटना भएमा उपचार खर्च एक लाख रुपैयाँ र मृत्यु भएमा मृतकलाई कम्पनीले सात लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा कम्पनीका विभागीय प्रमुख अनल राउत र गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेल साक्षीका रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्