कानेपोखरीका अर्जुन विष्टको घरमा आगलागी हुँदा ३१ लाख बराबरको क्षति

<span class='c1'>कानेपोखरीका अर्जुन विष्टको घरमा आगलागी</span> <span class='c2'>हुँदा ३१ लाख बराबरको क्षति</span>

विराटनगर । मोरङको कानेपोखरी–२ बहत्तरबिघेस्थित अर्जुन विष्टको घरमा राति १२ बजेतिर आगलागी हुँदा ३१ लाख बढीको क्षति भएको छ ।

विद्युत सर्टभई आगलागी हुँदा ४ कोठे पक्की घरसहित लत्ताकपडा, काठपात, ६ तोला सुन, ३५ हजार नगद, ६५ मन धान, ग्वाली, एउटा खसी र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गणेश श्रेष्ठले जानकारी दिए ।

आगलागीमा करिब ३१ लाख १८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। मध्यरातमा आगलागी हुदाँ घरका सरसरमान निकाल्ने क्रममा घरधनी अर्जुन विष्टको अनुहारमा आगोले पोलेर सामान्य घाईते भएको विष्टका आफन्त सृष्टि बजगाइले जानकारी दीइन ।

घाईते विष्टको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्