विश्वकप लिग–२ : अनिल र देवलाई समेट्दै नेपाली टिमको घोषणा

<span class='c1'>विश्वकप लिग–२ : अनिल र</span> <span class='c2'>देवलाई समेट्दै नेपाली टिमको घोषणा</span>

काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटका लागि नेपालले अन्तिम १५ जनाको स्क्वाड घोषणा गरेको छ ।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको अनिल साह र देव खनाललाई समेट्दै अन्तिम १५ को सूची सार्वजनिक गरेका हुन् ।

यसअघि टिममा रहेका अर्जुन साउद, रिजन ढकालको ठाउँमा साह र खनाललाई समावेश गरिएको हो । नेपाली टिममा रोहित पौडेल (कप्तान) आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन शर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राज वंशी र सूर्य तामाङ समेटिएका छन् ।

लिग–२ को पहिलो खेलमा नेपालले नामेवियासँग १५ फेब्रुअरीमा खेल्ने छ । यसैगरी १७ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग नेपालको खेल हुने छ । १९ फेब्रुअरीमा नामेविया र नेदरल्याण्ड्स आमने सामने हुने छन् । २१ फेब्रुअरीमा नेपाल नामेविया, २३ फेब्रुअरीमा नामेविया र नेदरल्याण्ड्स तथा २५ फेब्रुअरीमा नेपाल र नेदरल्याण्ड्स आमने सामने हुने छन् । सबै खेल विहान सवा ९ बजेदेखि सुरुहुने छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने लिग–२ का खेलहरु डिसहोमको एक्सन स्पोर्टस एचडी र डिसहोम गो एप्सबाट प्रत्यक्ष प्रशारण पनि हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्