माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै

<span class='c1'>माओवादी केन्द्रको विधान</span> <span class='c2'>अधिवेशन आज सकिँदै</span>

काठमाडौं । विधान संशोधनका विभिन्न प्रस्ताव र सुझावहरू संकलन र परित गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी अधिवेशनमा बुधबार समूहगत छलफलपछि १३ वटा समूहबाट प्राप्त सुझावहरू प्रस्तुत भएका छन् भने बिहीबार बाँकी रहेका ७ वटा समूहका निष्कर्ष र सुझावहरू प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि विधान संशोधनका प्रस्तावहरू पारित गर्दै बिहीबारै अधिवेशन सम्पन्न गर्ने तयारी रहेको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए । मंगलबारदेखि सुरू भएको अधिवेशनमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले विधानमा संशोधनसहितको प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमाथि सुझाव राख्ने क्रममा नेताहरूले पार्टीको विधानमा संशोधन गर्दा पार्टीको नाम र निर्वाचन चिन्ह नै फेर्नुपर्ने सम्मको सुझाव दिएका छन् ।

अधिवेशनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्